बझाङमा गरिब तथा विपन्न विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री बितरण

Posted on: 15 Sep, 2017

सम्राट सिंह | भदौ ३०, बझाङ | जिल्लाको थलारा गाउँपालिका ९ फकालीमा अवस्थित भवानी निमावि का गरिव तथा विपन्न विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री बितरण गरेको छ । 


थलारा गाउँपालिका ९ घर भइ हाल दक्षिण कोरियामा बस्दै आएका लाल बहादुर बिष्टले आफ्ना स्वर्गिय ठूला बुवा प्रताप बिष्टको सम्झनामा विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामाग्री बितरण गरेको हो ।

विश्व बाल दिवसको अवसर पारेर भव्य कार्यक्रम आयोजना गरी भवानी निमावि का ८ जना विद्यार्थीहरुलाई झोला,कापी, कलम र ज्यामिति बक्स बितरण गरेको प्रधानाध्यापक जय बहादुर थापाले बताए । उनले भने कोरियामा बस्दै आएका लाल बहादुर बिष्टले विपन्न तथा गरिब विद्यार्थीलाई सहयोग गरि ठूलो गुन लगाएको छ । 

कोरिया बस्दै आएका बिष्टले १ लाख रुपियाँ को प्रताप स्मृति कोषको स्थापना गरी प्रत्येक बर्ष विपन्न, गरिब तथा असहाय विद्यार्थीहरुलाई राहत बितरण गर्ने उद्येश्य रहेको जनाएको छ ।

बिहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष मोहनराज जोशी र भवानी निमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बिष्टले विपन्न तथा गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!