कमिसन लिएर गाउँपालिका अध्यक्षले सम्झौता गरेको आरोप

Posted on: 21 Sep, 2017

सम्राट सिंह/असोज ५, बझाङ । जिल्लाको तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले जिल्लामा रहेका केहि रेडियोहरुसँग कमिसन लिएर सम्झौता गरेको आरोप लगाएका छन । 

जिल्लामा रहेका पत्रकारहरुले तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले जिल्लामा रहेका केहि रेडियोका संञ्चालकहरुसँग कमिसन लिएर नियम विपरित रकम बृद्घि गरी बार्षिक सम्झौता गरेको आरोप लगाएका हुन । 

यसरी तल्कोट गाउँपालिकाका बासिन्दाहरुले अमुल्य मतदान गरी विजयी गराएर गाउँपालिकाका अध्यक्षले सोमबार सदरमुकाम चैनपुरमा आएर रकम वृद्घि गरी केहि रेडियोसँग सम्झौता गरेको र सम्झौता गरेको रकमको केहि प्रतिशत रकम आफुलाइ फिर्ता गर्नुपर्ने माग राखेको एक रेडियोका संञ्चालकले बताए ।

कतै तल्कोट गाउँपालिकाको विकासका लागि आएको रकम कार्यकर्तालाई मदिरा सेवन गर्न तथा कार्यकर्ताका पेट भर्न विनियोजन गरेका छैनन् यस्ता बिषयहरुमा तल्कोट गाउँपालिकाका बासिन्दाहरुले ध्यान जान जरुरी रहेको स्थानियको भनाइ छ । 

जिल्लामा रहेका केहि गाउँपालिकाका अध्यक्षहरुले संञ्चार माध्यममा समान रुपमा रकम विनियोजन गरेको भएपनि केहि गाउँपालिकाका अध्यक्षहरुले राजनितिक पूर्वाग्राही भएर रकम विनियोजन गरेको पत्रकार महासंघका पुर्व अध्यक्ष जगत खडकाले बताए । उनले भने गाउँपालिकाको संञ्चारमा विनियोजन भएको रकममा त कमिसन को चलखेल हुन थाल्छ भने अन्य ठूला ठूला योजनामा त कुरै छाडौँ ।

यसरी कोटेसन नगरी केहि रेडियोहरुसँग मात्र कसरी सम्झौता भयो भनेर सोध्दा तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले केहि रकम फिर्ता लिने गरी सम्झौता गरेको स्विकारेका छन । यस बिषयमा जिल्लाका पत्रकारहरुको भेला भइ यसरी संञ्चारमा विभेद नगर्न गाउँपालिका तथा नगरपालिकाहरुको ध्यान आर्कषण गराउने छलफल भएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!