साढे एक किलो चरेससहित जीप चालक पक्राउ

Posted on: 23 Sep, 2017

सम्राट सिह/असोज ७, बझाङ । जिल्लाको बुङगल नगरपालिका ३ दहबगरमा साढे एक किलो चरेस सहित जीप चालक पक्राउ परेका छन ।  

दहबगरबाट कैलालीको सहजपुरतर्फ जाँदै गरेको से.१ ज. १७५० नम्बरको जीपमा करिब साढे १ किलो चरेस फेला परेपछि प्रहरीले जीप चालक कैलाली चुरे गाउँपालिका १ बस्ने संगम आचार्य र जीपलाइ नियन्त्रणमा लिएको हो ।

शनिबार कैलाली को सहजपुर जाँदै गरेको जीपलाई चेकजाँच गर्दा चालकको सिटमुनी करिब साढे १ किलो चरेस फेला परेकोे जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी क्रृषिराम कडेलले बताए । 

जीपमा चरेस फेला परेकाले जीप र चालकलाई नियन्त्रणमा लिएको छ अनुसन्धान गरी लागुऔषध ऐन सम्बन्धि कारबार्हि गरिने उनको भनाइ छ ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!