विगत ७ बर्षदेखि पालमुनी बस्दै एकल महिला

Posted on: 23 Sep, 2017


सम्राट सिंह/असोज ७, बझाङ । जिल्लाको केदारस्यूँ गाउँपालिका ९ झोतामा विगत ७ बर्षदेखि एकल महिला पालमुनी बस्दै आएकी छन । 

बुङगल नगरपालिका पाउटा घर भएकी एकल महिला बिष्णा बादी विगत ७ बर्षदेखि झोता बजारको चौरमा पाल टाँगेर बस्दै आएकी हुन ।

माइतीघर थलारा गाउँपालिका खोली भएकी बिष्णाले बिहे गरेको ५ बर्ष नपुग्दै श्रीमान टिका बादीको मृत्यु भएपछि लामो समयदेखि उनी विभिन्न दुःख कष्ट झेल्दै चौरमा पाल टाँगेर बस्दै आएकी स्थानिय अम्मर लुहारले बताए । उनले भने धेरै दुःख कष्ट झेल्दै आएकी बिष्णा बादीले बर्षा को समयमा त टाँगेको पालमाथी जमेको पानी फाल्दै गरेको देख्दा दया लागेर आउँछ । 

झोता बजार नजिकै रहेको खुल्ला चौरमा सानो पाल टाँगेर बसेको देख्दा बझाङ जिल्लामा आउने गरेका पर्यटकहरु, सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारीहरु र अन्य बाटोमा हिड्ने बटुवाहरु प्राय सबैले उनको बस्ने बासस्थानको फोटो लिने र उनका दर्दनाक कथा सुन्ने गरेका छन । 

बिहान खायो भने बेलुका के खाने भन्ने बिषयमा नै चिन्ता हुन्छ बिष्णा बादीले भनिन् बिहान र बेलुकाको छाक टार्न बजार तथा गाउँमा माग्न जान्छु कहिले काँहि त ढिला आइन्छ पालमुनी पानी भरिएर खाना पकाउन सुत्न पनि समस्या हुने गरेको छ ।  बर्षादको समयमा त दिनरात पालमाथीको पानी फाल्न समय बित्ने गरेको उनले उनले थपिन् । 

गरिब, विपन्न र दलितका लागि जिल्लामा विभिन्न्न सरकारी तथा गैर सरकारी संस्थाका कार्यक्रमहरु आए तर वास्तविक गरिब र विपन्नहरुले कहिल्यै कार्यक्रमबाट सहुलियत पाएका छैनन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!