बझाङमा ५ सय ग्राम चरेस सहित दुईजना पक्राउ

Posted on: 17 Oct, 2017

सम्राट सिंह | असोज ३१, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङले आज ५ सय ग्राम चरेस सहित २ जनालाई पक्राउ गरेको छ । आज विहान चैनपुर देखी महेन्द्रनगर तर्फ जाँदै गरेको ना.६.ख १६८८ नम्बरको यात्रुबाहक बसलाई चेकजाच गर्दा  ५सय ग्राम चरेस फेला पारेको हो ।

जिल्ला कैलाली ध.उ.म.न.पा.१२  ए गाउ बस्ने अन्दाजी बर्ष १७ को बिनोद थापा र किसन थापाको झोलामा लुकाई छिपाई लैजाने क्रममा उक्त चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेलले बताए । बझाङको बिथ्थडचिर गाउँपालीका ३ स्याँडि प्रहरी चौकीले लुकाइ छिपाई महेन्द्रनगर तर्फ जादै गरेको बस चेकजाँच गर्दा चरेस फेला परेको उनको भनाइ छ । 

बरामद चरेस सहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!