बझाङमा जीप दुर्घटना हुँदा १० जना घाइते

Posted on: 26 Oct, 2017

सम्राट सिंह/कात्तिक ९, बझाङ । सदरमुकाम चैनपुरबाट बागथला जाँदै गरेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन । 

आज से १ ज ८६१ नम्बरको जीप केदारस्युँ गाउँपालिका १ मा दुर्घटना हुँदा १० जना घाइते भएका हुन । केदारस्युँ गाउँपालिका १ का पशुपति मल्ल,  ईश्वर मल्ल, परान्चु मल्ल, कटक नेपाली, जमुना बोहरा, बम बहादुर बोहरा एवं केदारस्युँ गाउँपालिका २ का कुमार ओखेडा यसैगरी जनपा ११ घर भएका ईश्वरनाथ जोशी, काठमाडौ घर भएका रामसरण थापा र गुल्मी घर भएका गंगा सिरीष घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

घाइते भएका ७ जनालाइ उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने सामान्य घाइते भएका ३ जनाको  जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!