बझाङमा ४.५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस

Posted on: 06 Nov, 2017

कात्तिक २०, बझाङ | बझाङमा सोमबार बिहान ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

चैनपुरबाट ३० किलोमिटरमा काँडा गाउँपालिका पर्दछ ।  भूकम्पले क्षति गरे/नगरेको अहिलेसम्म जिल्ला प्रहरी कार्यलयमा जानकारी नआएको र सीमा प्रहरी चौकी धुलीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । 

- टेकेन्द बोहराको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!