जिल्ला शिक्षा कार्यालयले शिक्षक नखटाउदा पठनपाठनमा समस्या

Posted on: 29 Dec, 2017

टेकेन्द्र बोहरा | पुस १४, बझाङ | जिल्ला शिक्षाकार्यालय बझाङले विध्यालयमा शिक्षक नखटाउदा पठन पाठनमा समस्या भएको छ ।  २०७१ साल मँसिरवाट रिक्त रहेको राहत अनुदानको कोटा जयपृथ्वी नगरपालीकाको कैलासमा रहेको सामुदाएक प्रथमीक विध्यालयमा शिक्षक नखटाउदा पठनपाठनमा समस्या भएको हो ।

बारम्वार बिध्यालय ब्यावस्थान समितीले रिक्त रहेको कोटाका पदपुर्ती गर्न भनी अनुरोध गरेपनी जिल्ला शिक्षा कार्यालय बझाङले कुनै चासो नदेखाएको बिध्यालय ब्याव्स्थापन समितीले जनाएको छ ।

उता जिल्ला शिक्षा कार्यालय बझाङले यसवारे कुनै निवेदन नआएको बताएको छ ।

हाल उक्त बिध्यालयमा ६५ जाना छात्र छात्रा पठनपाठन गदै आएका छन ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!