बझाङको सदरमुकाममा सार्वजनिक शौचालय नहुदा समस्या

Posted on: 09 Apr, 2018

टेकेन्द्र बोहरा/चैत २६, बझाङ | बझाङको प्रमुख ब्यापारिक केन्द्र मानिने सदरमुकाम चैनपुरमा सार्वजनिक सैचालय नहुदा  शौच गर्न समस्या भएको छ । 


चार बर्ष अघि मात्र खुल्ला दिसा मुक्त भई सकेको बझाङको मुख्य बजार मानिने क्षेत्रमै शौचालय नहुनु लाजमर्दो कुरा भएको नागरीक समाजका अगुवा धर्मजङ सिहले बताउनुभयो । 


जिल्लाकै मुटु मानिने बजारमा सार्वजनिक शौचालय नभए पछि अहिले सदरमुकाम चैनपुर दिनप्रतिदिन दुर्गन्धीत बन्दै गएको छ भने बजार आसपासका ठाँउहरुमा खुला दिसा देखिने गरेको छ ।

सदरमुकाम चैनपुर बजारमा दैनिक ब्यापार गर्ने मानिसहरुको भिडभाड हुने गरेको छ ।

 सार्वजनिक शौचालय नहुदा पुरुष भन्दा महिलालाई बढी समस्या हुने गरेको सुर्मा गाँउपालीकाकी सुनिता बोहराले बताइन । यसवारे स्थानीय तह मौन रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!