बझाङको चैनपुर ताक्लाकोट सडकखण्ड अबरुद्ध

Posted on: 13 Aug, 2018

टेकेन्द्र बोहरा | साउन २८, बझाङ | बझाङको सदरमुकाम चैनपुरदेखी ताक्लाकोटसम्म जोड्ने सडक खण्ड बर्षाको कारण पहिरो गई बाटो अबरुद्ध हुने गरेको छ ।

चैनपुर ताक्लाकोट सडक खण्ड निर्माणाधिन अबस्थामा नै छ भने सो सडक हिउदको समयमा चैनपुर देखि रूपातोला तलकोट गाउँपालि का र मष्टागाउँपालिका सम्म सेती नदिमा काठेपुल निर्माण गरी  यातायातका साधन सञ्चालन मा आउने गर्दाै आएका थिए ।

अहिले भने सदरमुकाम चैनपुर देखि रूपातोला सम्म पनि सडक सञ्चालनमा आउन सकेको छैन डबल कटिङको कारणले गर्दा माथिबाट पहिरो आएर दिनहुँजसो सवारी साधन अबरुद्ध हुने र सवारीसाधनहरु हिलोले गर्दा फस्सने र यात्रुलाई र सवारी चालक दुबै लाई निकै पीडा हुने गरेको छ ।

सडकमा खाल्डा खुल्डी र माथिवाट आउने सुख्खा पहिरोका कारण गाडी चलाउन सार्है अफ्ठेरो हुने गरेको सवारिचालक ललित महराले बताए । सडक निर्माणका लागी करौडको बजेट आउन्छ र बिना काममा नै फ्रीज जान्छ स्थानीय निकायले पनि कुनै चासो नदेखाएको स्थानीय बासिन्दाले आरोप लगाएको छन ।

सिहदँरबारको अधिकार गाउँ घरमै आए पनि स्थानीय निकायले दिने सेवा गाँउघरमै नपाए पछि सदरमुकाम धाउनु पर्ने र बाटो अबरुद्ध का कारण हिडेर जाँदा सोहि बाटो बाट एक दमै समस्या आउने र ४ घण्टामा सदरमुकाम पुग्ने ठाँउमा अहिले १ दिनमा पुग्ने गरेको तलकोट गाउँपालिकाका स्थानीय दामोदर सार्कीले बताउनु भयो ।

नेता र ठेकेदारका लापरवाहिका कारण सडको अवस्था देख्दा लाज लागेर आउने साईपाल गाउपालिका  प्रदिप बोहराले बताए ।नेपाल सरकारले सन २०२० मा चिनको नाका जोड्ने लक्ष्य राखेको भएता पनि तलकोटअहिले गाँउपालीकाको किरकिट्या सम्म यातायात पुन्ने गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!