बझाङमा पनी भव्यताका साथ संविधानदिवस मनाइने

Posted on: 17 Sep, 2018

टेकेन्द्र बोहरा | असोज १, बझाङ | जिल्ला समन्वय समितीको आयेजनामा ‘संविधानदिवस ०७५ असोज २, ३ र ४ गते’सम्म विभिन्न कार्यक्रमका साथ भब्य रुपमा मनाउने भएको छ ।

‘संविधानदिवस मनाँउनमुल समारोह समिति गठन गरी ३दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको हो । संविधान जारी भएको दिनलाई जिल्ला समन्य समितीले भब्य दिवसका रुपमा मनाउन लागेको हो । 

दिवसका क्रममा २ गते नेपालको संबिधानको विषयमा नगर स्थरीय, मावी स्थरीय, कविता प्रतियोगिता साझ कार्यालय र घरघरमा दिपावली गर्ने छ । ३ गते बिहान ७ ः३० बजे  समन्वय समितीको प्राङ्गणमा भेलाभई जयपृथ्वी नगरपालीकामा प्रभातफेरी कार्यक्रम गर्ने ३ गते नै कविता प्रतियोगिताका बिजेतालाई मुल समारोहले पुरस्कार बितरण गरिने छ । 

उक्त दिन सम्बीधान सम्वृद्धि र सस्कृतिका विषममा महिला पुरुष डेउडा प्रतियोगिता र पुरस्कार वितरण गर्ने भएको छ । र ४ गते साझ कार्यालय र घरघरमादिपावलीगर्ने कार्यक्रम रहेको  जिल्ला समन्वय समितीका सँयोजक खडक बहादुर खड्काले बताउनुभएको छ ।

सदुमुकाम चैनपुरमाहुने कार्यक्रममा सबै क्षेत्र, पेशा, वर्ग र समूदायको सक्रिय सहभागिताका लागि जिल्ला समन्य समितीले सबैलाई आव्हान गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!