जिल्ला कारागार बझाङमा दुई वर्षदेखि स्वास्थ्यकर्मीको अभाव

Posted on: 17 Sep, 2018

टेकेन्द्र बोहरा | असोज १, बझाङ | जिल्ला कारागारमा रहेका कैदीहरुको उपचारका लागि स्वास्थकर्मीको अभाव भएको छ ।

बझाङ कारागारमा स्वास्थ्यर्मीको दरबन्दी भएपनि दुई वर्षयता कर्मचारी अभाव हुँदा कारगारमा रहेका बिरामी कैदीलाई समस्या हुने गरेको छ ।

कारागारमा नियमित स्वास्थ्यर्मी नबस्दा बिरामी कैदीहरुलाई बिरामी भएका बेला उपचारका लागि जिल्ला अस्पताल सिमखेत तथा निजी किलीनिकहरुमा लिनुपर्ने बाध्यता छ ।

 कैदीको उपचारकालाई नेपाल सरकारले सिनियर अहेबको दरबन्दी सिर्जना गरि उपचारमा समेत सहज होस् भन्ने उद्देश्य राखेको भएता पनि स्वास्थ्यकर्मी अभावका कारण कारागारमा रहेका कैदीहरुलाई समस्या झेल्दै आएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!