बझाङको मष्टा गाउँपालिकामा शिक्षिका पक्राउ

Posted on: 20 Sep, 2018

सम्राट सिंह | असोज ४, बझाङ | मष्टा गाउ“पालिकाको धुरिल्ल भन्ने ठाउ“बाट प्रहरीले १८ किलो चरेस सहित दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउ“पालिकाको एक विद्यालयमा कार्यरत शिक्षिका पनि रहेकी छिन ।

गाउ“पालिकामा भएको अर्कै घटनाको अनुसन्धानका लागि गएको इलाका प्रहरी कार्यालय भातेखोलाबाट गएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।  बाटोमा झोला बोकेर हिडिरहेका एक जना प्रहरी देखेर भाग्नखोजे पछि प्रहरीले शंका लागेर चेकजा“च गर्दा चरेस फेला परेको थियो  । भाग्न खोज्ने व्यक्ती सोही गाउ“पालिका २ खिकालाका  १८ वर्षका दिपक बोहारा र उनी स“गै हिडिरहेकी  ३९ बर्षिया शिक्षीका हस्ता पुरीको झोला जा“च गर्दा १८ किलो चरेस बरामद भएको थियो । 

उनिहरु दुई जनालाई नियन्त्रणमा लिइसके पछि केही टाढा रहेको दुइ जना अन्य एक जना पुरुष एक महिला भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । ‘उनिहरुलाई समाते पछि अली पर रहेका दुइजना भागेका छन’ डिएसपी प्रविन धितालले भने ‘उनिहरुको झोलामा पनि चरेस रहेको शंका गरेका छौ । अनुसन्धानबाट सबै कुरा खुल्नेछ’

हस्ता मष्टा गाउ“पालिका २ को गौरी शंकर प्राथमिक बिद्यालय खिकालाकी शिक्षिका हुन । उनले गाउ“बाट खरीद गरेको चरेस बोक्नका लागि प्रेमलाई भरीया बनाएर सदरमुकाम चैनपुर ल्याउदै गरेको प्रहरीले बताएको छ । दुबै जनाको झोलाबाट नौ नौ किलो चरेस बरामद भएको डिएसपी धितालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!