बझाङको साईपाल गाँउपालीकामा खाद्यान्न आपुर्ति नहुदा स्थानिवासी मर्कामा

Posted on: 04 Nov, 2018

टेकेन्द्र बोहरा | कात्तिक १८, बझाङ | बझाङको अति दुर्गमा गाँउपाली साईपाल गाँउपालीकामा खाध्यान्न आपुर्ति नहुँदा त्यहाँका स्थानिवासी मर्कामा परेका छन ।

स्थानिय जनप्रतिनिधी र जिल्ला देखीकेन्द्रका सम्मका नेताहरुले दसै अगाडि नै साईपाल गाँउपालीकामा खाद्यान्न आपुर्ति गर्ने भएपनी अहिले सम्म खाद्यान्न आपुर्ति नगरेको साईपाल गाँउपालीका वडा नँ ४ धुलीका स्थानिवासी मिन बहादुर बोहराले बताए ।


उनले भने जिल्ला देखी केन्द्रका नेताहरुले दसै अगाडी जिल्लाका सँञ्चार माध्यहरुमा १ हजार कुन्टल र दसै पछाडी ५ हजार कुन्डल खाद्यान्न दिने भने पनी अहिले सम्म नदिएको गुनासो गरे ।

अहिले साईपाल गाँउपालीकामा त्याहाँका स्थानिय ब्यापारीहरुले सदरमुकाम चैनपुर  बजारमा १ किलो चामलको ४० रुपैयाँमा पाँउने चामल साईपाल गाँउपालीकामा १सय ५० रुपैमा गहु १ किलोको ७० रुपैया चाउचाउ १ पाकेटको ५० रुपैयाँमा तोरीको तेल १ पाकेटको १५० रुपैयाँमा किनेर खानुपरेको साईपाल गाँउपालीका वडा ४ का सिउमल रोकायाले बताए ।

साईपाल गाँउपालीका वाट बझाङको सदरमुकाम चैनपुरमा  आउन ३ दिन लाग्ने गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!