सरकारी खर्चमा खप्तड छान्ना गाउंपालिकाका जनप्रतिनिधिको मस्ती

Posted on: 09 Dec, 2018

टेकेन्द्र बोहरा | मङ्सिर २३, बझाङ | बझाङको खप्तड छान्ना गाउंपालिकाका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा नेपालका बिभिनन ठाँउमा भ्रमणको नाममा  मस्ती गरीरहेको स्थानिवासीहरुले आरोप लगाएका छन ।

जिल्लाको खप्तड छान्ना गाउंपालिकाका सवै वडाका अध्यक्ष,वडा सदस्य शिक्षक डाक्टर व्यापारी र पत्रकार लगायतको टोली कृषी अवलोकनमाको नामामा  काठमाडौंमा लगाएत बिभिन देसका सहरहरुमा मस्ति गरीरहेको खप्तडछान्ना गाँउपालीका स्थानिवासीहरुले आरोप  लगाएका छन ।

भ्रमण टोलीमा खप्तड छान्न गाउंपालिकाका अध्यक्ष वर्क बहादुर रोकाया,उपाध्यक्ष पाउसरादेबी थापा लगायत खप्तड छान्ना गाँउपालीका वडा अध्यक्ष,सदस्यको समेत उपस्थिति रहेको छ ।

गाँउपालीकाले भ्रमणका लागि भने  १० लाखदेखि १५ लाख रुपैयाँसम्म बजेट छुट्याएको त्याहाँका स्थानिवासीहरुले बताएका छन  । 

यसरी गाउँपालिकाले स्थानीय वासीहरुलाई  सेवा सुविधा दिनुको साटो भ्रमणको कुनै अर्थ  नरहेको बताउका छन । 

विकासको बजेट काटेर जनताले चुनेका जनप्रतिनिधि र जनताले तिरेकै करबाट तलब भत्ता बुझ्ने कर्मचारीले मनोमानी रुपमा व्यक्तिगत प्रभाव बढाउन र फेसवुका भित्ताहरुमा सेल्फी खिच्नकै लागि बजेटको दुरुपयोग गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रकै उपहास  हुने नाम नवताउने सर्तमा खप्तड छान्ना गाँउपालीका माईकल क्षेत्रीले बताए  । 

खप्तड छान्नावासीहरुले  सिंहदरवारको अधिकार गाउँ घरमा  गरीव जनतालाई नभई जनप्रधिनिधीहरुलाइ मात्र आएको आरोप समेत लगाएका छन । 

तर खप्तड छान्ना गाँउपालीका अध्यक्ष बर्क रोकायाले आफुलगाएत गाँउपालीकाको टोली निस्केको भम्रणमा भनेजती खर्च नभएको बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!