घरमै नागरिकता पाएपछि अपाङ्गता भएका ब्याक्तिहरु खुसी

Posted on: 15 Dec, 2018

टेकेन्द्र बोहरा | मङ्सिर २९, बझाङ | नागरिकलाई स्थानिय स्तरमै सुबिधा दिने उदेश्यले जिल्ला प्रसासन कार्यालय बझाङले घरमै गएर नागरिकता  अपाङ्गता परिचय पत्र र फोटो सहितको मतदाता नामावली समेत संकलन गरेपछी अपाङ्गता ब्याक्तिहरु खुसी भएका छन । 

शुक्रबार बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालिका वडा नँ ५ कालुखेतीमा जिल्ला प्रसासन कार्यालयले अपाङ्गता भएका नागरिकहरुको घर मै गएर नेपाली नागरिकता, अपाङ्गता परीचय पत्र , प्रदान गरेको हो ।

जिल्लाको खप्तड छान्ना गाँउपालिका ५ कालुखेतीमा ३ दीने सम्म धुम्ती सिबिर सञ्चालन गरिएको थियो । सिविरमा आउन नसकेका खप्तड छान्ना गााउपालिका ५ का २० बर्षिया पुस्कर सिंह र खप्तड छान्ना गाउँपालिका ४ की २२ बर्षिया किमा रोकायाको घरमै गएर नेपाली नागरिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

जोशिका अनुसार,‘अपाङ्गता भएका व्यक्तिहरु लाई शिविरमा आउन समस्या हुने भएकाले घरमै गएर नागरिकता र अपाङ्गता परिचय पत्र दिएको बताउनु भयो ।


नागरिकहरुलाई गाउँमै सेवा सुबिधा दिने उदेश्यले खप्तड छान्ना गाउँपालिकाको समन्वयमा तीन दिने नागरिकता तथा मतदाता नामावली संकलन शिबिर सञ्चालन गरिएको थियो । 

घुम्ती शिविरमा एक सय सात जना महिला र ५५ जना पुरुष गरि एक सय ६२ जनाले नागरिकता प्राप्त गरेका छन् भने एक सय ९८ जनाले फोटो सहितको मतदाता नामावली बनाएको जिल्ला प्रसासन कार्यालय बझाङले जनाएको छ ।

घरमै आएर राज्यले नागरिकता ,अपाड्डता परिचय पत्र र मतदाता नामावली संकलन गरे पछी आफु खुसि भएको खप्तड छान्ना गाउँपालिका वडा नँ ४ कि २२ वर्षिया किमा रोकायाले भनिन् । सदरमुकाम गएर नागरीकता बनाउनका लागि आफु जान नसकेर त्यसै बस्नु परेको र गाउँपालिकाले दिने सेवा सुविधा पनि नागरिता नभएर रोकिएको थियो सरकारको जय होस् । खुसि हुदै उनले भनिन् । यस्तै घुम्ती शिबिर जिल्लाका अन्य गाउँपालिकाहरुमा समेत सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  


माथिको तश्वीरमा: घरमै नागरिकता बितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सिवराज जोशी  

यस बिषयमा तपाइको प्रतिक्रिया...!