छविस पाथिभेरा गाउँपालिकाले सेफहाउसलाई गर्यो ५० हजार सहयोग

Posted on: 03 Jan, 2019

सम्राट सिंह | पौष १९, बझाङ  | जिल्लाको छविसपाथिभेरा गाउँपालिकाले पिडित महिलाहरुका लागि काम गर्ने संस्था महिला सेफहाउसलाई ५० हजार सहयोग गरेको छ । हिंसामा परी न्यायका लागि सदरमुकाम चैनपुर आएका पिडित महिलाहरुलाई खाना खर्च भनेर गाउँपालिकाले सोमबार सेफहाउसलाई आर्थिक सहयोग गरेको हो ।


महिला अधिकार मञ्चद्घारा २०६९ सालदेखि सञ्चालित सेफहाउसले हिंसामा परेका महिलाहरुको न्यायका लागि सहयोग गर्दै आएको छ । सेफहाउसले हिंसामा परेका पिडित महिलाका न्यायका लागि २० दिनसम्म खान र बस्नका लागि निशुल्क व्यवस्था गर्ने गरेको छ । महिला सेफहाउस संञ्चालनका लागि युएनएफपिए संस्थाले पनि आर्थिक सहयोग गर्दै आएको महिला अधिकार मञ्च बझाङका अध्यक्ष जयन्ती जोशीले बताइन् । उनले भनिन् हामीले हिंसामा परेका पिडित महिलाको पक्षमा आवाज उठाउन र न्याय दिलाउन सहयोग गर्ने गरेका छौ । यसरी सेफहाउस संञ्चालनका लागि छविसपाथिभेरा गाउँपालिका जस्तै अन्य स्थानिय सरकारले पनि सहयोग गरे थप हौसला  मिल्ने उनको भनाइ छ ।

विभिन्न हिंसामा परेर न्याय खोज्दै सदरमुकाम चैनपुर आएका पिडित महिलाहरुलाई सेफहाउसले निशुल्क खान र बस्नको सुविधा दिदा ठूलो राहत मिलेको छ । महिला अधिकार मञ्चले सेफहाउसको स्थापना गरेपछि हालसम्म झण्डै २ हजार  पिडित महिलाहरुले राहात पाएको महिला अधिकार मञ्चको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा महिला हिंसामा परेर समस्यामा रहेका महिलाहरुको खाना खर्च भनेर महिला अधिकार मञ्चले संञ्चालनमा ल्याएको महिला सेफहाउसका लागि ५० हजार सहयोग गरेको छविसपाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए । दुःखमा परेका पिडित महिलाहरुका लागि आफुले सदैव सहयोग गर्ने पनि उनको भनाइ रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!