काँग्रेसका जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार

Posted on: 10 Feb, 2019

सम्राट सिंह | माघ २७, बझाङ | नेपाली कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले जयपृथ्वी नगरपालिकाको तेस्रो नगर सभा बहिष्कार गरेको छ । जयपृथ्वी नगरपालिकाले काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरु सँग कुनै समन्वय नै नगरी सहकारी ऐन पारित गर्न खोजेको भन्दै नगर सभा बहिष्कार गरेका हुन । 

नगर सभामा जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडकाले स्थानिय सहकारी ऐन पारित भएको घोषणा गरेलगत्तै नेकपाबाट विजयी भएका जनप्रतिनिधिहरुले ताली पड्काए तर काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले यसमा आपत्ती जनाएका थिए ।

सहकारी ऐन पारित गर्ने जस्ता गम्भीर कुरामा समेत समन्वय नगरी नगरपालिकाले एकलौटी तरिकाले सहकारी ऐन पारित गर्न खोजेको हुँदा हामीले बहिष्कार गरेको नेपाली काँग्रेसबाट विजयी भएका जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दल बहादुर बिष्टले बताए । उनले भने नगरपालिकाले यस्ता कमजोरी नसच्याए काँग्रेसका जनप्रतिनिधिहरु कुनैपनि बैठकमा उपस्थित हुदैनौ ।

नगर सभा कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पनि नगर विकास बारे सबैपक्षले गम्भिर छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले अहिले जिल्लामा भएको प्रहरी ज्याजतीबारे पनि कडा आपत्ती जनाए । नगर सभा कार्यक्रम आईतवार जिल्ला समन्वय समितीको सभाहलमा शुरु गरेको थियो । सहकारी ऐन नगरबासीका लागि उपयुक्त भएको हुँदा  पारित गर्नका लागि एजेन्डा ल्याएका हौ उहाँहरु उठेर जानुभयो जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग बहादुर शाहीले  भने फेरी छलफल गरेर अगाडि बढ्छौ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!