बझाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाईते

Posted on: 20 Feb, 2019

सम्राट सिंह । फागुन ८, बझाङ । मोटरसाइकल दुर्घटना हँुदा बझाङमा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन ।

हिजो राती जयपृथ्वी नगरपालिका ७ तमेलबाट सदरमुकाम चैनपुर आउने क्रममा जयपृथ्वी नगरपालिका ७ को मालुभिर नजिकै से ६ प ६४६६ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २२ का पवन छत्याल र जयपृथ्वी नगरपालीका वडा नं ७ सुवेडा बस्ने २० बर्षिय प्रेम हमालको घटना स्थलमा नै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाईते हुनेमा छबिसपाथिभेरा गाउँपालिकाका २० बर्षिय आकाश सिंह रहेका छन ।

घाईते सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । मोटरसाईकल सडक बाट झण्डै १ सय ५० मिटर तल खसेको थियो । दुई दिन अघि मात्र चैनपुर बाट धामीलेक जाने क्रममा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो भने १६ जना घाईते भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!