सेती नदीमा मोटरसाइकल खस्दा २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

Posted on: 20 Feb, 2019

फागुन ८, बझाङ । बझाङमा बाईक दुर्घटनामा बाईक दुर्घटना हुदां २ जना को ज्यान गएको छ भने १ जना घम्भिर घाईते भएका छन् । मंगलबार राती १० बजे जयपृथ्वी नगरपालीका ७ तमैलबाट चैनपुर तर्फ आउदै गरेको से ६ प ६४६६ नम्बरको पल्सर बाईक दुर्घटना भएको हो । दुर्घटनामा परी जयपृथ्वी नगरपालिका ७ का २१ बर्षिय प्रेम हमाल र जयपृथ्वी नगरपालीका १० का २२ बर्षिय पवन छत्यालको ज्यान गएको, छ भने बाईकमा नै सबार आकाश सिंह घम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङ्गका अनुसार रातिको समयमा मदिरा सेवन गरेर बाईक चलाएको र क्षमताभन्दा बढी सबार भएको कारण घटना भएको जनाएको छ । जयपृथ्वी नगरपालिका वडा नं ७ माल्लालाग्नेपड भिरमा र्बाक दुर्घटना भएको हो । बाईक सडकबाट करिब १५० मिटर तल सेति नदीमा सव भेटिएको थियो भने ५० मिटर बिचमा बाईक अड्किएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी नायब उपरिक्ष प्रबिण धितालले जानकारी दिनु भयो । घाईते आकास सिंहकको उपचार जिल्ला अस्पताल बझाङमा भईरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!