बझाङमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला

Posted on: 13 Mar, 2019

फागुन २९, बझाङ । बझाङको सदरमुकाम चैनपुरमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको हो । सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको हो ।

हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानीयबासिन्दाले बुधबार बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!