स्वास्थ्य चौकी निर्माणका लागि निशुल्क जग्गा दान

Posted on: 17 Apr, 2019

बैशाख ४, बझाङ । बझाङको दुर्गाथली गाउँपालीकाको वडा नम्बर ६ चुवावनमा स्वास्थ्य चौकी निर्माणका लागि निशुल्क जग्गा दान गरिएको छ । 

स्वास्थ चौकी निर्माणका लागी दुर्गाथली गाँउपालीका वडा नँ ६ का ७९ बर्षिय लाले जाग्रीले आप्नो नाममा रहेको करीव आठ सय वर्गमिटर क्षेत्रफलको जग्गादान गरेका हुन् ।


वडामा स्वास्थ्य चौकी निर्माणका लागि वडा अध्यक्ष धिरज जाग्रीको पहलमा निशुल्क जग्गा दिएको अध्यक्ष जाग्रीले बताए ।

७९ बर्षिय जाग्रीले गाँउमै स्वास्य चैकी निर्माण हुने हुदा आफु र आप्नो वडाका सवै नागरिक हरुले स्वास्य सेवा पाउने हुदा  आफुले निसुल्क जग्गादान गरेको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!