बझाङको देउलीकोटमा जीप दुर्घटना, ३ घाइते

Posted on: 12 Jun, 2019

सम्राट सिंह | जेठ २९, बझाङ | बझाङको बुङ्गल नगरपालिका ९ देउलिकोटको निमिलीमा जीप दुर्घटना भएको छ । 

बुधबार बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीे तर्फ जादै गरेको से १ ज ५९९ जीप दुर्घटना भएको हो ।

ब्रेक फेल भएर जीप दुर्घटना हुँदा जीप धनी कर्ण बहादुर धामी, जीप चालक लक्ष्मण धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

जीप दुर्घटना भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो । घाईतेहरुलाई उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा रिफर गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!