बझाङमा जीप दुर्घटना हुँदा १० को मृत्यु, ५ घाइते

Posted on: 17 Jun, 2019

सम्राट सिंह | असार २, बझाङ | बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु  भएको छ भने ५ जना घाइते भएका छन । सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु र ५ जना घाइते भएका हुन ।

दुर्घटनामा मष्टा गाउँपालीका १ का सुरेन्द्र थापा चालक, हिम्मत खडका, सरोज खडका,जुना खडका, विपना खडका,धौलीदेवि खडका,कलक खडका,जुनधारा खडका,लक्ष्मी खडका, भक्त द्घाल गरी गरी १० जनाको घटना स्थलमा नै मृत्यु र सोही ठाउँका संगिता खडका,अनिता द्घालको घटनास्थलमा नै मृत्यु भएको र जनक द्घाल,गोकुल शाही,संगिता खडका र गणेस खडका गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डियसपी सुर्य बहादुर केसीले बताए ।


जीप सडक भन्दा झण्डै ५ सय मिटर खसेको थियो । जीपमा सिमेन्ट,चामल तथा क्षमता भन्दा बढी यात्रु बोक्दा एवं बिना डिजाइनमा काटिएका ग्रामिण सडकमा जीप दुर्घटना हुने क्रम बढेको छ ।  यस बर्ष मात्र ग्रामिण सडकमा जीप दुर्घटना हुँदा झण्डै ३५ जनाले ज्यान गुमाइ सकेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

बझाङमा दुर्घटना भएको दुर्घटनामा घाइते भएकालाई हेलिकोप्टर मार्फत उपचारका जिल्ला अस्पताल बझाङमा ल्याएको तर घायतेहरु अवस्था गम्भिर भएका गोकुल शाही,अनिता द्घाल र गणेस खडकालाई नेपालगञ्ज रिफर गरेको र जनक द्घाल र संगिता खडकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको  जिल्ला अस्पतालका डाक्टर जिल्ला सन्दिप ओखेडाले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!