बझाङको बुङ्गलमा एक महिला रुखमा झुन्डिएको अवस्थामा फेला

Posted on: 21 Jul, 2019

सुरेश कुँवर | साउन ५, बझाङ | बझाङको बुङ्गल नगरपालिका वडा न ६ डिन्नु मा एक महिला रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकि छन् |  खेतमा कोदो गोड्न हिनेकी स्थानीय  दिल ब बोहराकी  श्रीमती वर्ष २० कि  निर्मला बोहरा आइतबार  १० बजेतिर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकि हुन् |

स्थानीयका अनुसार उनी  बिहान करिब सात बजे खाना खाएर कोदो गोड्न हिनेकी थिइन् | खेत नजिकैको मेलको रुखमा प्लाष्टिक को डोरी (नाम्लो ) ले झुल्डीएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराए |

उक्त जानकारी पछि इलाका प्रहरी कार्यालय  बुङ्गल बाट प्रहरीको टोलि घटना स्थलसम्म पुगेको थियो | घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले  जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!