बझाङको थलारा गाउँपालिकामा घाँटि रेटेर महिलाको गहना लुटियो

Posted on: 06 Aug, 2019

सम्राट सिंह | साउन २१, बझाङ | जिल्लाको थलारा गाउँपालिकामा एक महिलाको घाँटि रेटेर गहना लुटपाट गरेको छ । थलारा गाउँपालिका वडा नम्बर ५ घर भएकी विमला खाती वलीको हिजो साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट गरेको हो ।

केदार स्युँ गाउँपालिका ९ माइती घर भएकी वली सोमबार माइती घरबाट पोइलीघर जाने क्रममा थलारा गाउँपालिका ३ को शिलाकोट भन्ने ठाउँमा लुटपाट भएको थियो ।

वलीका घाँटी, कान र नाकमा लगाएको सम्पुर्ण गहनाहरु लुटपाट गरेको जनाएको छ । गहना लुटपाट सँगै वलीको घाँटी,नाक र कानमा गहिरो चोट छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगंज रिफर गरेको छ ।  

लुटपाट गर्नेको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालयका डियसपी सुर्य बहादुर केसीले जानकारी दिए । अनुसन्धान अपराधिक समुहको नजिक पुगिसकेको छ केहि दिनमै लुटपाटमा संलग्न सबै पक्राउ पर्ने उनको भनाई छ ।


माथिको तश्वीरमा: घाँटी रेटेर लुटपाट गरिएकी वलीको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा | तस्बीर: सम्राट सिंह/बझाङ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!