बझाङमा घाँटि रेटेर महिलाका गहना लुटपाट गर्ने दुई जना पक्राउ

Posted on: 06 Aug, 2019

सम्राट सिंह | साउन २१,बझाङ  | जिल्लाको थलारा गाउँपालिकामा एक महिलाको घाँटि रेटेर गहना लुटपाट गर्ने दुई जना पक्राउ परेका छन । थलारा गाउँपालिका वडा नम्बर ५ घर भएकी विमला खाती वलीको हिजो साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट संलग्न रहेको भन्दै प्रहरीले थलारा गाउँपालिका ६ का प्रेम कठायत र सौरव चौहानलाई  पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना प्रश्चात भागेर धनगढीतर्फ जाने क्रममा स्याँडी प्रहरी चौकीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डियसपी सुर्य बहादुर केसीले बताए । दुवै जनाले महिलाको गहना लुटपाट घटनामा संलग्न रहेको समेत स्विकारेको उनको भनाइ छ । 

हिजो साँझ ६ बजेतिर केदार स्युँ गाउँपालिका ९ माइती घर भएकी वली सोमबार माइती घरबाट पोइलीघर जाने क्रममा थलारा गाउँपालिका ३ को शिलाकोट भन्ने ठाउँमा धारिलो बस्तु प्रहार गरी लुटपाट गरेको थियो । वलीका घाँटी,कान र नाकमा लगाएको सम्पुर्ण गहनाहरु लुटपाट गरेको जनाएको छ ।

गहना लुटपाट सँगै वलीको घाँटी,नाक र कानमा गहिरो चोट छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगंज रिफर गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!