जयपृथ्वीका मेयरले एक लाख नगद सहित भेटाएको चेक र झोला फिर्ता गरे

Posted on: 08 Aug, 2019

साउन १३, बझाङ  | धनगढी आउने क्रममा बझाङको जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भेटाएको झोला सम्बन्धीत व्यक्तिलाई फिर्ता गरिएको  छ | जयपृथवी राजमार्ग अन्तरगत बैतडीको मुस्याखान जंगल क्षेत्रमा सडकमा भेटिएको  एक लाख नगद र बसन्त बोहोराको नाममा काटिएको ५ लाख ४० हजारको चेक धनगढीमा फिर्ता गरेका हुन् |

मेयर खड्काले आज बिहान नगद रकम र चेक सहितको झोला आज बिहान बोहोरालाई नै फिर्ता गरिदिएका हुन् । झोलामा भेटिएको नागरिताका आधारमा बसन्त बोहरालाई सम्पर्क गरिएको हो । बझाङ्गको साविकको देउलीकोट गाविस वडा नम्बर ५ का राइभान बोहराका छोरा बसन्त बोहराले धनगढीबाट बझाङ्ग जादै गर्दा झोला खसेको बताए । ट्रयाक्टरबाट झोला खसेको उनको भनाइ छ |

बिन्द्रा वन पुगेपछि झोला हराएको जानकारी आफुलाई भएको उनले बताए। बोहराले भने, ‘धनगढीबाट टेक्टरमा बझाङ जादै थियौ । मैले टेक्टर चलाएको थिए। झोला खसेको रहेछ। थाहाँ भएन। बिन्द्रा वन पुगेपछि झोला हराएको थाहाँ भयो।’ घरमा फोन आएपछि झोला भेटिएको जानकारी पाएको उनले बताए। नगद, शैक्षिक प्रमाण पत्र, नागरिता सहितको झोला फिर्ता पाएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!