बझाङमा १२ किलो चरेश सहित ४ जना प्रक्राउ

Posted on: 04 Sep, 2019

भदौ १८, बझाङ | झोलामा लुकाई छिपाई गाडीबाट धनगढी तर्फ लैजादै गरेको अबस्थामा १२ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम यातायातको ना ८ ख १०७४ नम्बरको यात्रुबहाक बसमा लुकाएर राखेको अवस्थामा चेकजाँचको क्रममा बित्थड प्रहरी चौकीले १२ किलो चरेश सहित ४ जनालाई पक्राउ गरेको हो |

पक्राउ पर्नेमा सुर्मा गाउँपालिका १ दौलीचौरका ५८ बर्षिया हरिबिर बोहरा, उनकी श्रीमति ४८ बर्षिया रनकला बोहरा, सुर्मा गाँउपालिका १ कै ६० बर्षिया लछी बोहरा र बस मालिक समेत रहेका केदारस्यु गाउँपालिका ५ का ४२ बर्षिया काँसि ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ |

प्रहरीले  गाडी चेक जाँच गर्ने क्रममा तीन वटा झोलामा चरेश भेटाएको र थप अनुसन्धान भईरहेको जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!