कालंगा जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मजदुरको शव निकाल्यो सशस्त्र प्रहरीको टोलीले

Posted on: 05 Nov, 2019

धुर्व बिस्ट | कार्तिक १९, बझाङ | बझाङको बुङल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका चारजना मध्ये तिन जनाको शव सशत्र प्रहरीको टोलीले निकालेको छ |आइतबार साँझ उक्त घटना भएपनि सुरुङ भित्र अक्सिजनको अभाबका कारण उद्दार कार्यमा समस्या भएको थियो | 

तीनजनाको शव फेला पारेपनि एक जनाको शव भने फेला पारेको छैन | उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रातभर खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको डिएसपी गणेशबहादुर बमले जानकारी दिए | डिएसिपी गणेशबहादुर बमका अनुसार सुरुङभित्र दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, शेरसिंह धामी बझाङ र अछामका महेन्द्र साउँद फसेका हुन् |


फसेका चार जना मध्ये दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही अछामका महेन्द्र साउँद को शव निकाली सकेको भयपनि बुङगलकै सेर सिंह धामीको सब अझै फेला परेका छैन । उनको खोजी कार्य भईरहेको छ ।

मृतक का परिवार दैलेख र अछामबाट आज विहान बुङगल पुगी सकेको बमले बताएका छन् | अहिले गोताखोर टोलीले धामीको शव र भित्रका गाडी बाहिर निकाल्ने प्रयास गरिरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!