बझाङमा ४ किलो ६ सय ग्राम चरेश सहित एक जना पक्राउ

Posted on: 05 Feb, 2020

माघ २२, बझाङ | बझाङमा ४ किलो ६ सय ग्राम लागुऔषध चरेश सहित एक जना पक्राउ परेका छन् | जिल्लाको बुंगल नगरपालिका-२ का ६० बर्षिया गगन बहादुर धामी पक्राउ परेका हुन् | 

मंगलबार बझाङबाट महेन्द्रनगरका लागी छुटेको ना ७ ख ६५२२ नम्बरको बसमा यात्रा गरिरहेका  धामीको पास चेकजाँच गर्ने क्रममा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बझांगले जनाएको छ | उनले सेतो कोराको कपडामा शरीरमा चरेश बाँधेर राखेको अवस्थामा बरामद गरिएको हो |

प्रहरीका अनुसार बित्थड चिर प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा उक्त परिणामको चरेश फेलापरेको हो | उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखीएको डीएसपि गणेश बमले जानकारी दिए |  प्रहरीले यातायातका साधनहरु चेकजाँचमा कडाई तथा जिल्लाको शान्ति सुरक्षामा जोड दिएको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!