प्रहरीले एक साता बितिसक्दा समेत हत्यारालाई नियन्त्रणमा लिन सकेन

Posted on: 09 Apr, 2020

सम्राट सिंह | चैत २७, बझाङ | जिल्लाको तल्कोट गाउँपालिकामा अज्ञात समुहद्घारा व्यापारीको हत्या गरेको एक साता भन्दा बढी हुँदा समेत हत्यारा भने पत्ता लागेको छैन । अज्ञात समुहले पसलमा गएरै सामान किन्ने निहुँमा गत मंगलबार राती तल्कोट गाउँपालिका वडा नम्बर १ का ७६ बर्षिय व्यापारी डबल बहादुर कुँवरको हत्या गरेको थियो ।

प्रहरी ले पसल बन्द गरेर सुतेका कुँवरलाई सामान किन्ने काम छ , भन्दै पसल खोल्न लगाइ अज्ञात समुहले काठले टाउकोमा हिर्काएर हत्या गरेको बताउँदै आएको भएपनि हत्यारा भने पत्ता लगाउन सकेको छैन ।

कुँबर टाउकोमा गम्भीर चोट लागेर रगताम्य अवस्थामा पसलमा नै मृत फेला परेका थिए । हत्यापछि कुँवरको पसलबाट एक डण्डा चुरोट लगायत अन्य सामग्री पनि चोरी भएको थियो । मृतक कुँवरको शव पोष्टमार्टम पछि दाहसंस्कार गरी सकेको छ । 

जिल्लामा यसरी खुलेयाम हत्या हुँदा समेत हत्यारालाई कानुनी दायरामा ल्याउन नसके यस्ता घटना दोहोरी रहने मष्टा गाउँपालिकाका नरेन्द्र सिंहले बताए । प्रहरीले अनुसन्धान गरी तत्काल हत्यारा पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

हिजो मात्र जिल्लाको मष्टा गाउँपालिका १ जिन्नाडाका राम बहादुर ऐडी मृत अवस्थामा भेटीएका छन । मृतक ऐडीको शव बुधबार विहान जयपृथवी नगरपालिका  १ समदेउ नजिकै रोडमा फेला परेको थियो । 

प्रहरीले उनका मृत्यु के कति कारणले भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने बताएको छ ।  । केहि बर्ष यता जिल्लामा हत्याका घटनाहरुमा बृद्घि भइरहेका छन । 

दुइटै घटनाको अनुसन्धान भइरहेको छ  जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इन्स्पेक्टर नेत्र बोहराले बताए । उनले भने हामीले विभिन्न चरणमा अनुसन्धान थालेका छौ हत्यारालाई कानुनी दायरामा ल्याएरै छोडनेछौ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!