बझाङमा पहिलो पटक एक जनामा आरडीटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ

Posted on: 12 May, 2020

सम्राट सिंह | वैशाख ३०, बझाङ | भारत को झुलाघाटबाट बैशाख १८ गते बझाङ आएका एक जनामा कोरोना पोजेटिभ को लक्षण देखिएको छ । झुलाघाट बाट घर आएर क्वारेन्टाइनम बस्दै आएका एक जनामा आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको हो । 

आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल ल्याउदै गरेको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए । आरडीटी टेष्ट किट द्वारा परीक्षण गर्दा संक्रमण भए पनि संक्रमण नभएको वा संक्रमित नभए पनि संक्रमित भएको देखाउने दुबै खालको कमजोरी हुने भएकाले स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि मात्र कोरोना पोजेटिभ वा नेगेटिभ भन्ने थाहा हुने उनको भनाइ छ ।

आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि उनीसँगै क्वारेन्टाइनम बस्दै आएका अन्य १० जनाको पनि स्वाव परिक्षण का धनगढी पठाउने प्रमुख जिल्ला अधिकारी उमेस पाण्डेले बताए । उनले भने बिश्वभर महामारी को रुपमा फैलिरहेको कोरोनाबाट बच्न सबैले सचेत हुनु पर्ने जरुरी देखिएको छ । 

हालसम्म जिल्लामा गरेको आरडीटी परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको यो पहिलो घटना हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!