बझाङमा पहिराेमा पुरिएर २ जनाकाे मृत्यु, ४ जना घाइते

Posted on: 19 Aug, 2020

सुनिल कुवँर । भदौ ३, बझाङ । बझाङकाे बुङ्गल नगरपालिका ५ मिडि स्थित पहिराेले पुरिएर २ जनाकाे मृत्युु भएकाे छ भने ४ जना घाईते भएका छन् । 


मङ्गलबार राति १२ बजे घरमाथिबाट अाएकाे पहिराेले पुरिएका १२ बर्षिय सचिन ताम्राकार र फूपुकाे घरमा बस्दै अाएका सुदिप अाेखेडाकाे स्थानीय, नेपाल प्रहरी, र नेपाली सेनाकाे टाेलिले शव निकालेकाे छ । 

मिडिका स्थानीय प्रताप ताम्राकारकी श्रीमति ४0 बर्षिय पिपला ताम्राकार,१६  बर्षिय छाेरा अनिल ताम्राकार,१८ बर्षिय छाेरी सुनिता ताम्राकार र १२ बर्षिय छाेरी सन्ताेषि ताम्राकार घाइते  भएका छन् । 

घाइतेहरूकाे उपचारका लागि धनगढी पठाईएकाे  ईलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी निरीक्षक नेत्र बाेहराले जानकारी दिए । "पहिराेमा पुरीएर ३ बाख्रा र एक गाईकाे मृत्यु भएको छ, उनले भने, एक गाई जिवितै उद्दार गरिएको छ" ।


 त्यस्तै पहिराेले दुईतले घरमा पूर्ण क्षेति पुर्‍याएकाे छ । मृतकाे पाेष्टअार्टमका लागि प्राथमिक अस्पताल देउलेकबाट डाक्टरकाे टाेलि अाईरहेकाे उनले बताए ।

खोल्लेक लुयटी सडकबाट गएकाे पहिरोका कारण अहिले मिडिका २० भन्दा बढी घर जोखिम्मा रहेकाे स्थानीयले बताएका छन् ।

विनामापदण्ड स्काभेटर चलाएर सडक निर्माण गरेका कारण यस्तो विपत्ति अाएकाे स्थानीयहरूकाे भनाइ छ ।

 यसअघि नै गाउँ माथिबाट खनेकाे लाेयटि सडक र खाेल्लेक क्रीकेट मैदानका कारण बर्षातकाे पानी अाउँने गरेकाे र त्यसलाई ब्यवस्थापन गर्न वडा तथा नगरपालिकामा निवेदन दिँएकाे तर सम्बन्धित निकायले बेवास्ता गरेकाे उनीहरूले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!