बझाङमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

Posted on: 11 Dec, 2020

मंसिर २६, बझाङ | बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । 

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!