भूकम्पको धक्का महसुस

Posted on: 12 Dec, 2020

मङ्सिर २७, सुर्खेत | भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज शनिबार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीय कर्णबहादुर द्वारीयाले जानकारी दिनुभयो ।

डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस भएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिकहरु घर बाहिर निस्किएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!