बाजुरामा आगलागीबाट ४ लाख बराबरको क्षति

Posted on: 19 Apr, 2018

वैशाख ६ बाजुरा | बडीमालिका नगरपालिका–९ मा आज कृष्णबहादुर सिंहको घरमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ । 

विद्युत्को तार सट भएर आगलागी भएपछि घरमा भएका लत्ताकपडा, टिभी, अन्नलगायत सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । 

प्रहरी कार्यालय नजिकैको घरमा आगलागी भएकाले आधा घण्टामा नै उक्त आगो नियन्त्रणमा लिन प्रहरी सफल भएको वलीले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!