बाजुरामा कुकुर आतंक: नौ जना घाइते

Posted on: 26 May, 2018

जेठ १२, बाजुरा | बडीमालिका नगरपालिका–१ पिनालेखमा आज बिहान १० बजे बौलाहा कुकुरको टोकाइबाट नौ जना घाइते भएका छन् । 

घाइते हुनेमा बडीमालिका नगरपालिका– १ का रामचन्द्र पण्डित, पवन हमाल, दनेश हमाल, देवीदत्त पण्डित, चन्दा देवी पण्डित, प्रशान्तराज जोशी, विनिता हमाललगायत छन् । घाइते सबैको जुगाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

घरमा पालेको बेलायती जातको कुकुरलाई स्थानीय बौलाहा कुकुरले टोकेपछि बौलाहा भएको सो कुकुरले स्थानीयलाई टोक्दै घाइते बनाउन थालेको घाइते प्रशान्तराज जोशीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!