बाजुराका कुन स्थानीय तहमा कति बजेट ?

Posted on: 01 Jun, 2017

जेठ १८, बाजुरा । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि एक अर्ब ९४ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

जिल्लाका नौवटा स्थानीय तहका लागि सो बजेट विनियोजन गरिएको हो । जिल्लाको बूढीनन्दा नगरपालिकाका लागि २५ करोड ३९ लाख २४ हजार, त्रिवेणी नगरपालिकाका लागि २३ करोड ५५ लाख २१ हजार, बूढीगङ्गा नगरपालिकाका लागि २४ करोड ९२ लाख २४ हजार र बडिमालिका नगरपालिकाका लागि २५ करोड १२ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

यस्तै हिमाली गाउँपालिकाका लागि १८ करोड ४१ लाख ३७ हजार, स्वामीकार्तिक गाउँपालिकाका लागि २१ करोड ४७ लाख ८६ हजार, गौमुल गाउँपालिकाका लागि १६ करोड ५३ लाख ४९ हजार र छेडेदह गाउँपालिकाका लागि २३ करोड ३९ लाख ६३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!