साँफे–मार्तडी जोड्ने पुल सात वर्षसम्म पनि बनेन

Posted on: 22 Aug, 2017

भदौ ६, बाजुरा । साँफे–मार्तडी जोड्ने राजमार्गअन्तर्गतको गुइगाड खोलाको पुल सात वर्षसम्म निर्माणाधीन अवस्थामा रहेको छ । 

पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले तीन वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको भए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । 

पुल निर्माण नहुँदा गुइगाड खोलाको बाटोमा साना तथा ठूला सवारी साधन र मानिसलाई आवतजावत गर्न कठिन भएको स्थानीय मंगल सेरालाले बताउनुभएको छ । 

पुल निर्माणका लागि २०६८ मा ठेक्का सम्झौता भई २०७० असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएपनि एक वर्ष अर्थात् २०७२ असारसम्मको म्याद थपिएको थियो । वर्षायाममा अत्यधिक वर्षा भएपछि खोलामा पानीको बहाव बढेको छ । पानीको बहावले गर्दा बडीमालिका नगरपालिकाको रापकसम्म चल्ने सवारी साधन बुढीगंगा नगरपालिकाको बाम्कासम्म मात्र जाने गरेका छन् । 

विसं २०७० साउन मसान्तभित्र काम पूरा नभएपछि सडक विभागले पुनः काम गर्ने गरी सोही रकममा कम्पनीलाई म्याद थप गरेको थियो । तर २०७१ मा समेत पुल निर्माण गर्न नसक्दा कम्पनीले पुनः तेस्रोपटक म्याद थप गराएर काम गरेको हो । तर पनि हालसम्म गुइगाडको पुल बन्न सकेको छैन । 

ठेकेदारले सम्%9वासी जयराज उपाध्युसार काम गरेको भए साँफे –मार्तडी सडकमा पर्ने गुइगाडमा डेढ वर्षअघि नै पुल बनिसक्ने थियो । ठेकेदारले काम गरेनन्, म्याद भने पटक–पटक थपिइरहेको छ स्थानीयवासी जयराज उपाध्यायले भन्नुभयो ।

गएको असार मसान्तभित्र काम पूरा गर्ने भन्दै कम्पनीले चौथोपटक म्याद थप गराएको हो । अहिलेसम्म काम भने बीचमै रोकिएको छ । उक्त पुल निर्माणका लागि करिब रु साढे पाँच करोडमा ठेक्का सम्झौता भएको सवडिभिजन साँफेबगरले जनाएको छ । 

कम्पनीले २०७३ को असारमै पुल बनाइसक्नुपर्ने थियो । तर अकस्मात् भूकम्पले गर्दा पुल नबनेको कम्पनीले बताएको छ । पुल निर्माणको काम गर्ने मजदुर भूकम्पले घर भत्काएको भन्दै आ–आफ्नो घर फर्किएपछि पुल निर्माण हुन नसकेको बताइएको छ । ६० मिटर लम्बाइको ट्रस ब्रिज निर्माणका लागि आवश्यक ट्रस निर्माणका लागि जिम्मेवारी दिएको कम्पनीले आफ्नो काम नगरेकाले निर्धारित समयमा पुल निर्माण भएको छैन । 

सदरमुकामदेखि करिब २४ किमी दूरीको गुइगाडमै यातायात र ढुवानीका साधन रोकिन्छन् । बाटो खोलिएको कच्ची सडकमा जोखिम मोलेर व्यवसायीले हिउँदमा मात्रै मार्तडीसम्म जिप तथा ढुवानीका लागि ट्र्याक्टर चलाउने र बाजुराका सडक वर्षात्को अवधिमा बन्द हुने गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!