बाजुरामा तीन वर्षमा बने पुलका दुई ओटा पिल्लर

Posted on: 12 Jan, 2020

पुस २७, बाजुरा | बाजुराको बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ। साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन  छ। विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो।

नौ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा सम्झौता भएको थियो। काष्ठमाडौँ मसिना जेभीले निर्माणको जिम्मा पाएको थियो।  सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले  छिटो निर्माण सम्पन्न गर्न कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए।

कम्पनीका प्रमुख जयदेव पन्तले नदीमा पानीको बहाव बढ्न गई पुल निर्माणकार्य गर्न समस्या भएकाले हो भने। उनले विसं २०७७ असारमा पुल निर्माणको काम सम्पन्न गर्ने जानकारी दिए। कामदारले काम गरेवापतको रकमसमेत नपाएको गुनासो गर्दै आएका छन्। 

बडिमालिका नगरपालिका–६ कोर्ध र जडागङ्गाका स्थानीयवासीले पुलमा काम गरेवापतको रु ४१ लाख नपाएको बूढीगङ्गा–६ का स्थानीयवासी पदम बडुवालले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!