प्रदेश नम्बर ७ का सबै गाउँपालिकामा कार्यकारी अधिकृत, कुन गाउँपालिकाको को परे ? (नामावली सहीत)

Posted on: 17 Mar, 2017

ललित बोहरा | चैत्र ४, डडेलधुरा | सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

सोही अनुसार प्रदेश नम्बर ७ का ५४ वटै गाउँपालिकाहरुमा कार्यकारी अधिकृत खटाईएको छ । प्रदेश नम्बर सातका ५४ वटा गाउँपालिका मध्ये दुई वटामा अर्को व्यवस्था नहुन्जेल सम्मका लागि सम्बन्धित जिल्लाका जिल्ला समन्वय समितिबाट तोके बमोजिम नै निमित्त कार्यकारी अधिृकत खटाईएको छ । मन्त्रालयले गाउँपालिकामा काजमा अधिकृतहरु खटाएको हो ।

मन्त्रालयले पाँच गाउँपालिका भएको बाजुरामा काजमा नयाँ कार्यकारी अधिकृत खटाएको छ । स्वामीकार्तिकमा बैकुण्ठ पौडेल, हिमालीमा जीवन कुँवर, गौमुलमा भरत कडेंल, पाण्डवगुफामा जनक रेग्मी र छेडेदह गाउँपालिकामा अच्यत दाहाल पठाईएको छ ।

यस्तै उता बझाङको काँडा गाउँपालिकामा जिल्ला समन्वय समितिबाटै तोकिएका निमित्त कार्यकारी अधिकृत खटाईएको छ । बझाङका अन्य गाउँपालिकामा भने नयाँ कार्यकारी अधिकृत खटाईएको छ । तलकोटमा शिशिर रिजाल, खप्तडछान्नामा मार्सल कुमारी ओली, थलारामा मार्सल पन्त, बित्थडचिरमा दुर्गाप्रसाद खनाल, सूर्मामा मोहन सिंह दर्जी, छबिसपाथिभेरामा चन्द्रप्रकाश बस्नेत, दुर्गाथलीमा जीवन निरौला, मष्टामा करुणाकर पन्त । केदारस्युँ गाउँपालिकामा पिताम्बर सारुलाई खटाईएको छ ।

यसैगरी उता डोटीको पूर्वीचौकीमा शम्शेर बहादुर राई, बडीकेदारमा गणेश तामाङ, जोरायलमा राइमण्ड थापामगर, सायलमा रमेश विश्वकर्मा(सुनार), आदर्शमा दिलमान शाक्य, केआईसिंमा सिद्धराज शर्मा र बोगटानमा सम्झना लामिछाने खटाईएको छ ।

उता अछामको बान्नीगढी जयगढमा नवराज वली, चौरपाटीमा निरञ्जन पाख्रिन, मेल्लेखमा सुरेश बाबु रावल, रामारोशनमा प्रमोद तिमल्सिना, ढकारीमा उज्वल भुसाल र तुर्माखाँद गाउँपालिकामा दिपिका सिटौला खटाईएको छ ।

यसगरी उता दार्चुलाको अपिहिमालमा सुरेन्द्र सिंह, दुहुँमा बाबुराम पन्ती, नौगाढमा मोहन सिंह धामी, मार्मामा तारानाथ पनेरु, लेकममा दिपक कुमार नेपाली, मालिकार्जुनमा सन्तोष कुमार भट्ट र व्यास गाउँपालिकामा गोन्दि केसी पठाईएको छ ।

यस्तै बैतडीको सुर्नयामा प्रदिप कुमार खड्का खटाईएको छ भने सिगासमा जिल्ला समन्वय समितिबाट तोकिएका निमित्त कार्यकारी अधिकृतलाईलाई खटाईएको छ । त्यस्तै शिवनाथमा कमल प्रसाद भट्टराई, दोगडाकेदारमा सुमन भट्टराई, पञ्चेश्वरमा सूर्य प्रसाद शर्मा र डीलासैनी गाउँपालिकामा दिनेश शर्मालाई खटाईएको मन्त्रालयले जनाएको छ ।

यसैगरी यता डडेल्धुराको आलितालमा गुरुप्रसाद पौडेल, भागेश्वरमा लोकेन्द्र सिंह नेगी, नवदुर्गामा ईन्द्र पन्त, अजयमेरुमा खेमराज पौडेल र गन्यापधुरा गाउँपालिकामा बद्रीनाथ सापकोटालाई काजमा खटाईएको छ ।

यसैगरी कञ्चनपुरको बेलझाडीमा धर्मराज जोशी र लालझाडी गाउँपालिकामा प्रेम बहादुर सिंहलाई खटाईएको छ ।

उता कैलालीको जानकीमा कर्म बहादुर कठायत, बर्दगोरीामा हिरालाल भण्डारी, मोहन्यालमा गणेश दत्त ओझा, कैलारीमा शर्मिला लामिछाने, जोशीपुरमा दशरथ ओड र चुरे गाउँपालिकामा चित्र कुमारी कठायतलाई खटाईएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सम्बन्धित अधिकृतहरुलाई निर्देशन समेत दिएको छ । साथै स्थानीय तहको निर्वाचनको तयारी तथा व्यवस्थापनमा सहयोग गर्न खटाईएका कार्यकारी अधिकृतलाई मन्त्रालयको अनुरोध पनि गरेको छ ।

नवगठित नगरपालिकामा आगामी शुक्रबारसम्म कार्यकारी अधिकृत तोकिने मन्त्रालयले जनाएको छ । यसअघिदेखि नै कायम रहेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा पुरानै कार्यकारी अधिकृतले काम गर्नेछन् । अर्थ मन्त्रालयले बुधबार सात सय ४४ वटै स्थानीय तहलाई कार्यालय स्थापनाका लागि एक÷एक करोड रुपैयाँ विनियोजन गरिसकेको छ । बजेटमध्ये ८० लाख पुँजीगत खर्च र २० लाख रुपैयाँ चालु खर्च गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!