बाजुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

Posted on: 24 Apr, 2017

बैशाख ११, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका-२ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

बाजुराको मार्तडीबाट घटमुना जाँदै गरेको से १ ज ६३९ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा गौमुला ६ सटेला बस्ने लाली रोकाया, रकेट रोकायाको घटनास्थलमै र मानकोट १ बस्ने गंगाबहादुरा रोकाया र गौमुला १ बस्ने रुपसिंह बुढथापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल बाजुरामा उपचार भैरहेको बताइएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!