बाजुरामा पहिरोमा परी एकको मृत्यु

Posted on: 22 Sep, 2017

असोज ६, बाजुरा । बाजुराको हिमाली गाउँपालिका–६ मा रहेको रागेगौडामा गएराति १: ३० बजे आएको पहिरोमा परी एक जना भेडा व्यवसायीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हुम्ला जिल्ला श्रीनगर घर भएका ३५ वर्षीया तेजबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक जगदिश भट्टले बताउनुभयो । उहाँले चामल लिन बाँधु आएका बेला पहिरामा परी मृत्यु भएको भट्टको भनाइ रहेको छ । 

पहिरोमा परी मृतक बुढाका ६० भेडामध्ये १५ भेडा मरेका र चार भेडा घाइते भएको भट्टले जानकारी दिनुभएको छ । पहिरोमा परी एकको मृत्यु भएको खबरलगत्तै प्रहरी नायब निरीक्षक पदमराज पाण्डेको नेतृत्वको टोली घटनास्थलमा गई उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । 

बिहीबारदेखि आएको अविरल वर्षाका कारण पहिरो आएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ । जिल्लामा लगातार वर्षाका कारण आवतजावत गर्न निकै कठिन भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!