बाजुरामा जीप दुर्घटना: एकजनाको मृत्यु, ७ जना घाइते

Posted on: 20 Feb, 2018

फागुन ८, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका दानसाँगुबाट सदरमुकाम मार्तडीतर्फ आउँदै गरेको से १ ज ९४० नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको छ ।

जीप सोमबार बडिमालिका नगरपालिका–८, को तालिमा सडकबाट ५० मिटर तल खस्दा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

घाइतको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!