बाजुरामा माछा मार्ने क्रममा खोलामा चिप्लिएर एकको मृत्यु

Posted on: 26 Oct, 2018

कात्तिक ९, बाजुरा |  बाजुरामा माछा मार्ने क्रममा खोलामा चिप्लिएर एकजनाको मृत्यु भएको छ | मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथ रहेका छन् । 

बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर हिडेका उनि रातिसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा एक ढुङ्गाबाट चिप्लिएर अर्को ढुङ्गामा पछारिएर मृत्यु भएको पाइएको आफन्तले बताएका हुन् । 

उहाँले बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!