ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली

Posted on: 06 Mar, 2019

फागुन २२, मार्तडी | बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि आज बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ । 

सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । स्वाथ्यकर्मीको टोलीले १०८ को उपचार गरेको बताइएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा गणेश चौधरीले ४८ पुरुष र ६० महिलालाई घर घरमा पुगेर चेक जाँचसहित उपचार गरेको जानकारी दिनुभयो । 

उपचारका लागि गाउँमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई र फेज नेपालबाट तीन गरी पाँच स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको ३ नंका वडाध्यक्ष रामबहादुर बोहराले बताउनुभयो । सिङ्गो गाउँलाई नै उपचार गरिएको अध्यक्ष बोहराले जानकारी दिनुभयो । उक्त क्षेत्रका अधिकांश भाइरल ज्वरोको सङ्क्रमणमा परेका फेज नेपालमा कार्यरत अनमी सञ्जु कार्कीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!