घाइते महिलाको हवाइ जहाजबाट उद्धार

Posted on: 10 Jun, 2019


जेठ२७,बाजुरा |बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ । उक्त नगरपालिकाको कुरु माइती घर भइ हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा उद्धार गरिएको हो । माइती घर भेटघाटमा गएकी रोकाया गाउँ नजीकै नुहाउन गएका बेला भिरबाट ढुङ्गा लागेर घाइते भएपछि थप उपचारका लागि समिट एयरमा नेपालगञ्जको कोहरपुर मेडिकलमा लगिएको वडाध्यक्ष रोकायाले जानकारी दिनुभयो । सुदूरपश्चिम आन्तरिक मामिला तथा कानून मन्त्रालयको र बूढीनन्दा नगररपालिकाको ५०÷५० प्रतिशतको आर्थिक सहयोगमा घाइते महिला रोकायाको थप उपचारका लागि पहल गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहका स्वकीय सचिव जङ्गबहादुर विकले बताउनु भयो |उहाँले मन्त्री शाहको पहलमा घाइते भएकी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरिएको बताउनुभयो । हालसम्म जिल्लामा चार जनाको हवाई उद्धार कार्यक्रमबाट उद्धार गरिसकेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!