बाजुराबाट सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

Posted on: 20 Jun, 2019

असार ५, काठमाडौँ | बाजुराबाट हेलिकप्टर मार्फत सुत्केरी व्यथा लागेकी एक महिलाको उद्धार गरिएको छ।

 जिल्लाको स्वार्मिकार्तिक गाउपालिका वडा नम्वर १ मुक्तीकोटकी २२ वर्षिया रजनी विकलाई सुत्केरी व्यथा लागेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको हो। सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा महिलाको उद्धार गरिएको हो। 

सुत्केरी हुन एक महिना बाकी रहेको भएपनी सुत्केरी व्यथा लागेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!