बाजुरामा बुढिगंगा नदी थुनिने खतरा, सतर्क रहन आग्रह

Posted on: 07 Jul, 2019

असार २२, बाजुरा | लगातारको बर्षाको कारणले बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको बुढिगंगा नदी थुनिने खतरामा बढेको छ।  बर्षात सुरु भएसँगै बुढिगंगा नदीमा पानी बढदै गएपछि त्रिबेणी नगरपालिका ९ पैमा गाँउबाट पहिरा झर्न सुरु भएको छ | गत बर्ष देखि नै यो ठाउमा पहिरो खस्न सुरु भएको हो | 

 लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाले पनि जनाएको छ। नदी थुनिने जोखिम बढेपछि स्थानियलाई समेत सचेत गराइएको छ। हिउँदको समयमा पनि पहिरो गएको थियो। बर्षातमा पानी बढ्ने भएपछि द्धवारीमा बुढिगंगा नदी थुनिन खतरामा रहेको स्थानिय बासिले वताएका छन् ।

नदी थुनिने खतरा बढेपछि नजिकै रहेको खेतियोग्य जमिन, झोलुंगे पुल र साँफे मार्तडी सडकखण्ड पनि उच्च जोखिममा परेको स्थानीयले बताएका छन् ।  नदी थुनिने खतरासँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा रहेका छन्। साँफे–मार्तडी सडकखण्ड गएको बर्ष बर्षातको तीन महिना अबररुद्ध भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!